२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रूकुम पश्चिममा छोराले चक्कु प्रहार गरी बुवाको हत्या

पैसाको विवादमा छोराले बुवाको पेटमा चक्कु प्रहार गर्दा घटनास्थलमै उनको मृत्यु भएको हो।



Hatyaa
  • Sangeeta Gurung
  • १० महिना अघि
  • पाठक संख्या १४५
  • रूकुम पश्चिमको आठबिसकोट नगरपालिका-१० घारीखोलामा ५० वर्षीय दर्वे खत्रीको हत्या गरिएको छ। आइतबार बेलुकी घरमै २० वर्षीय छोरा वीरबहादुर खत्रीले चक्कु प्रहार गरी बुवाको हत्या गरेका थिए।

    जिल्ला प्रहरी प्रमुख डिएसपी नवराज पोखरेलका अनुसार, पैसाको विवादमा छोराले बुवाको पेटमा चक्कु प्रहार गर्दा घटनास्थलमै उनको मृत्यु भएको हो। वीरबहादुर लागुऔषध सेवनकर्ता रहेको पनि खुलेको छ।

    हत्या आरोपी छोरा फरार रहेको र उनको खोजी गर्न प्रहरी परिचालन गरिएको छ। शव पोष्टमर्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ।