
रास्वपाका सभापति रवि लामिछानेलाई बयानका लागि आज काठमाडौं पठाउने भनिए पनि हवाई टिकट नपाउँदा योजना अनिश्चित भएको छ।
उनीलाई बिहान ८:४० बजे बुद्ध एयरमार्फत काठमाडौं पठाउने तयारी भए पनि हवाई टिकट प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी बसन्त कुमार शर्माले जानकारी दिए।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि लामिछाने २ कात्तिकमा काठमाडौंमा पक्राउ परेका थिए। उनी हाल कास्की प्रहरी हिरासतमा छन्। थप बयानका लागि काठमाडौं ल्याउने प्रक्रिया जारी छ।
प्रतिक्रिया दिनुहोस