२३ असार २०८२ सोमबार | 07 Jul 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

बुवाको हत्या गरी फरार रहेको छोरा पक्राउ

चक्कु प्रहार गरी बुवाको हत्या गरेको आरोपमा फरार रहेको छोरा पक्राउ परेका छन्।



Pakrau
  • अञ्जना ढकाल
  • ७ महिना अघि
  • पाठक संख्या १३६
  • रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-१० घारीखोलामा चक्कु प्रहार गरी बुवाको हत्या गरेको आरोपमा फरार रहेको छोरा पक्राउ परेका छन्।

    २० वर्षीय वीरबहादुर खत्रीलाई मंगलबार बिहान गाउँमै लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी प्रमुख डिएसपी नवराज पोखरेलका अनुसार आइतबार बेलुकी पैसा नदिएको झोकमा छोरा वीरबहादुरले ५० वर्षीय बुवा दर्वे खत्रीको पेटमा चक्कु प्रहार गरी हत्या गरेका थिए।

    घटनापछि फरार रहेका खत्री लागुऔषध सेवनकर्ता रहेको अनुसन्धानबाट खुलेको छ। प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।