२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

क्याम्पसका प्रमुखको हत्या प्रकरण: मुख्य आरोपी नेपाली सेनाका भगौडा सुरेन्द्रप्रसाद

रामराजा मोहनविक्रम शाह बहुमुखी क्याम्पसका तत्कालीन क्याम्पस प्रमुखको हत्याका मुख्य आरोपी नेपाली सेनाका भगौडा सुरेन्द्रप्रसाद कुशवाहा पक्राउ परेका छन्।



Aaropi
  • Sangeeta Gurung
  • १० महिना अघि
  • पाठक संख्या १४८
  • बाराको कलैयास्थित रामराजा मोहनविक्रम शाह बहुमुखी क्याम्पसका तत्कालीन क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको हत्याका मुख्य आरोपी नेपाली सेनाका भगौडा सुरेन्द्रप्रसाद कुशवाहा पक्राउ परेका छन्।

    घटनाको सात महिना पछि बुधबार पक्राउ परेका ४१ वर्षीय सुरेन्द्र बाराको आदर्शकोतवाल गाउँपालिका-२ का निवासी हुन्। उनि नेपाली सेनामा २०६० सालमा भर्ना भएका थिए र २०७० मा भागेका थिए। प्रहरीका अनुसार, उनले गाउँमा आपराधिक गतिविधिहरू गर्दै मिटरब्याजमा ऋण लगानी, ऋण असुली, धम्क्याउने र परपञ्चायत गराउने कार्यहरू गर्दै आएका थिए।

    सुरेन्द्र क्याम्पस प्रमुख कुशवाहासँगको जग्गा विवादमा सामेल थिए र हत्या गर्नको योजना बनाएर कुशवाहालाई २ जेठ २०८२ मा गोली हानेका थिए। घटनापछि सुरेन्द्र भारतमा लुकेर बसेका थिए। उनलाई मोरङबाट पक्राउ गरेर बारामा ल्याइएको हो।

    प्रहरीका अनुसार, हत्या घटनामा सुरेन्द्रसहित १७ जनाको संलग्नता रहेको छ। सुरेन्द्रमाथि ज्यान मुद्दा र हातहतियार खरखजना सम्बन्धी कारबाही भइरहेको छ। अनुसन्धानमा घटनामा प्रयोग भएका पेस्तोल, गोली, मोटरसाइकल, मोबाइल, ल्यापटप र सिम कार्डहरू बरामद भएका छन्।

    पक्राउ परेका ८ जनालाई पुर्पक्षको लागि कारागार चलान गरिएको छ भने केही अन्यलाई धरौटीमा छुटाइएको छ।