९ पुष २०८१ मंगलबार | 24 Dec 2024 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

आपसी विवादको क्रममा साबेल प्रहार गरी आफ्नै साथीको हत्या

घरमा सुतिरहेका साथीमाथि साबेल प्रहार गरी एक व्यक्तिले आफ्नै साथीको हत्या गरेका छन् ।



Hatyaa
  • Sangeeta Gurung
  • ४ हप्ता अघि
  • पाठक संख्या ८१
  • मकवानपुरमा एक व्यक्तिले आफ्नै साथीको हत्या गरेका छन् । मनहरी गाउँपालिका - ६, प्रतापुर लच्का निवासी जितबहादुर मोक्तानलाई अम्मरबहादुर लोप्चनले साबेलले प्रहार गरी हत्या गरेका हुन् ।

    प्रहरीका अनुसार, अम्मर बहादुर र जितबहादुर दुवै सँगै मजदुरी गर्ने साथी हुन्। प्रायः उनीहरु जितबहादुरकै घरमा सँगै सुत्ने गर्थे ।

    गएराति जितबहादुरकै घरमा उनीहरु सुतेका थिए । आपसी विवादको क्रममा अम्मर बहादुरले जितबहादुरलाई कुटपिट सुरु गरेका थिए । सावेल प्रहारसहितको कुटपिटबाट गम्भीर घाइते भएका जितबहादुरलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल, चितवन पठाइएको थियो ।

    उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालले जानकारी दिए । उनको शव अहिले चितवनस्थित सरकारी अस्पतालमा राखिएको प्रवक्ता अर्यालले बताए ।

    प्रहरीले कुटपिट गर्ने अम्मर बहादुरलाई नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया सुरु गरिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भैरहेको डीएसपी अर्यालले बताए ।