२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सशस्त्र प्रहरी सईको मृत्यु: मदिरा तस्करको स्कोरपियोले दियो ठक्कर

सिरहामा मदिरा तस्करको स्कोरपियोको ठक्करबाट एक सशस्त्र प्रहरी निरीक्षक (सई) को मृत्यु भएको छ।



Dead
  • अञ्जना ढकाल
  • १० महिना अघि
  • पाठक संख्या १४९
  • सिरहामा मदिरा तस्करको स्कोरपियोको ठक्करबाट एक सशस्त्र प्रहरी निरीक्षक (सई) लक्ष्मण प्रसाद यादवको मृत्यु भएको छ। घटना आइतबार बिहान करिब ३ बजे बडीयारपट्टी–१ कचनारीको भित्री सडकमा गस्तीका क्रममा भएको हो।

    प्राप्त सूचनाका आधारमा मदिरा तस्करी रोक्न खटिएको प्रहरी टोलीले उक्त स्कोरपियोलाई चेकजाँच गर्न खोज्दा तीव्र गतिमा आएको गाडीले ठक्कर दिएको थियो। घाइते यादवलाई तत्काल रामकुमार उमाप्रसाद स्मारक प्रादेशिक अस्पताल, लहान पुर्‍याइए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए।

    सशस्त्र प्रहरी ७ नम्बर गणका प्रमुख एसपी नरेश भण्डारीका अनुसार स्कोरपियो नियन्त्रणमा लिने प्रयासमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले तस्करहरूलाई रोक्न खोज्दा उनीहरू भाग्न खोजेको र सोही क्रममा ठक्कर लागेको हो। स्कोरपियो मदिरा बोकेको हुन सक्ने आशंका छ, तर हालसम्म गाडी फेला परेको छैन।

    सीमा क्षेत्रमा पछिल्ला दिनमा मदिरा तस्करी नियन्त्रणमा चुनौती थपिएको र पटक–पटक ठूलो मात्रामा मदिरा बरामद भइरहेको सुरक्षा निकायले जनाएको छ।