२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

विवादको कारण श्रीमतीको हत्या, पूर्व असई पक्राउ

कञ्चनपुरमा पूर्व असईले आफ्नी ३० वर्षीया श्रीमती माथि हँसियाले प्रहार गर्दा उनको मृत्यु भएको हो।



Hatya
  • Sangeeta Gurung
  • १० महिना अघि
  • पाठक संख्या १७९
  • कञ्चनपुरमा श्रीमतीको हत्या गरेको आरोपमा नेपाल प्रहरीका पूर्व असई ४९ वर्षीय नरेन्द्र विष्ट पक्राउ परेका छन्।

    शनिबार राति ८ बजे भीमदत्त नगरपालिका-८ तिलाचौरमा श्रीमानले श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेश जोशीले जानकारी दिए। नरेन्द्र विष्टले आफ्नी ३० वर्षीया श्रीमती ज्योतिमाथि हँसियाले प्रहार गर्दा उनको मृत्यु भएको हो।

    घटनाबारे आफन्तले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले गएराति नै नरेन्द्रलाई पक्राउ गरेको थियो।

    प्रहरीको प्रारम्भिक अनुसन्धानमा, उनीहरूबीच घरायसी विवाद भइरहने र गएराति पनि विवाद हुँदा हत्या भएको देखिएको छ।

    शव पोष्टमर्टमको लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ।