८ पुष २०८१ सोमबार | 23 Dec 2024 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रोल्पामा झोलुङ्गे पुल निर्माणस्थलमा ५ जनाको मृत्यु

पुलको पर्खाल लगाउने क्रममा माटोको ढिस्को कामदारहरुमाथि खस्दा ५ जनाको मृत्यु भएको छ ।



Dead Body
  • Sangeeta Gurung
  • ३ हप्ता अघि
  • पाठक संख्या ७२
  • रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल लगाउने क्रममा माटोको ढिस्को कामदारहरुमाथि खस्दा मृत्यु हुनेको संख्या ५ पुगेको छ।

    पुरिएका ६६ वर्षीय देविराम परियारको शव पनि फेला परेपछि मृतकको संख्या ५ पुगेको हो। यसअघि ४५ वर्षीय दुजमन परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुबित्रा परियार र २७ वर्षीया आईती परियारको मृत्यु भएको थियो। सबै मृतक सुनछहरी गाउँपालिका वडा नम्बर ३ बाहिरी गामका हुन्।

    मौलाबाङ र बाहिरी गाम जोड्ने झोलुङ्गे पुलको पर्खाल लगाउने क्रममा आज बिहान ९:५० बजे माटोको ढिस्को खस्दा उनीहरू पुरिएका थिए। दुई जना भने ज्यान जोगाउन सफल भएका थिए।

    उद्धारको लागि इलाका प्रहरी कार्यालय सुलिचौर र प्रहरी चौकी गामबाट टोली खटिएको थियो।