२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

नागढुङ्गा सुरुङ मार्ग निर्माण अवरुद्ध, स्थानीयले मुआब्जा मागे

स्थानीयले जग्गाको मुआब्जा माग गर्दै निर्माणमा अवरोध गरेपछि काम रोकिएको हो।



Naagdhunga Surung Marg
  • Sangeeta Gurung
  • १० महिना अघि
  • पाठक संख्या ९२
  • नागढुङ्गा सुरुङ मार्ग निर्माण कार्य एक सातादेखि ठप्प भएको छ। चन्द्रागिरि नगरपालिका-२ का स्थानीयले जग्गाको मुआब्जा माग गर्दै निर्माणमा अवरोध गरेपछि काम रोकिएको हो।

    आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीका अनुसार सुरुङ मार्ग निर्माणको क्रममा ७ घर चर्किएपछि क्षतिपूर्तिका लागि प्रक्रिया अघि बढाइएको थियो। तर, अहिले स्थानीयले घरसँगैको जग्गाको मुआब्जा पनि माग गर्दै अवरोध गरे। अध्ययनले उक्त जग्गामा समस्या नदेखाएको आयोजकको दाबी छ।

    हालसम्म सुरुङ मार्गको ८२ प्रतिशत भौतिक प्रगति भएको छ। मुख्य सुरुङको निर्माण पूरा भए पनि लाइनिङ र फिनिसिङ बाँकी छ। परियोजना २०८२ असोजसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।