१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रवि लामिछानेको राहदानी किर्ते मुद्दा सर्वोच्चमा पेसी

रवि लामिछानेको राहदानी किर्ते मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी चढेको छ।



Rabi Lamichhane
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या १७७
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी किर्ते मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी चढेको छ। न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नृपध्वज निरौलाको इजलासमा रहेको यो मुद्दा ३०औं नम्बरमा छ।

    २०७९ चैत २२ मा सर्वोच्चले कारण देखाऊ आदेश र २०८० जेठ ९ मा फाइल मगाउने आदेश दिएको थियो। तत्कालीन महान्यायाधिवक्ता दिनमणि पोखरेलले मुद्दा नचलाउने निर्णय गरेपछि युवराज सफलले बदरको माग गर्दै रिट दायर गरेका थिए।

    लामिछाने हाल सहकारी ठगी प्रकरणमा काठमाडौंमा बयान दिइरहेका छन्। बयान सकिएपछि उनलाई पोखरा फर्काइने तयारी छ।