१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

एनपिएल: जनकपुर बोल्टस को लगातार दोस्रो जित

जनकपुर बोल्टस् ले कर्णाली याक्सलाई ८ विकेटले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ।



Janakpur Bolts
  • क्वालिटी खबर
  • २ बर्ष अघि
  • पाठक संख्या २५०
  • नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जनकपुर बोल्टले कर्णाली याक्सलाई ८ विकेटले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ।

    कीर्तिपुरस्थित त्रिवि मैदानमा कर्णालीले दिएको १४२ रनको लक्ष्य जनकपुरले १५.१ ओभरमा पूरा गर्‍यो। जनकपुरका कप्तान अनिलकुमार साहले नटआउट ६१ रन जोडे। यस्तै, जिमी निशमले १६ रन बनाए।

    त्यसअघि कर्णालीले अन्तिम ओभरहरूमा सुधार गर्दै ७ विकेट गुमाएर १४१ रन बनाएको थियो। अर्जुन घर्तीले ३३ र सोमपाल कामीले नटआउट २९ रनको योगदान दिए।

    बलिङमा जनकपुरका मोहसिनले २ विकेट लिए भने किशोर महतो, ललित राजवंशी, हर्ष थाकर र जिमी निशसले एक एक विकेट लिए। 

    एनपिएलमा भोलि बिहान ९ बजे सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स तथा दिउँसो १ बजे चितवन राइनोज र पोखरा एवेन्जर्सबिच खेल हुनेछ।