२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रवि लामिछानेको समर्थनमा चितवनमा प्रदर्शन

रवि लामिछानेको समर्थनमा मंगलबार चितवनमा प्रदर्शन गरिएको छ।



Rabi Lamichhane
  • अञ्जना ढकाल
  • १० महिना अघि
  • पाठक संख्या १६४
  • रवि लामिछानेको समर्थनमा चितवनमा प्रदर्शन

    चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको समर्थनमा मंगलबार चितवनमा प्रदर्शन गरिएको छ। सहकारी रकम अपचलनको मुद्दामा बयानका लागि लामिछानेलाई काठमाडौँबाट चितवन ल्याएपछि उनका समर्थकहरूले विरोध प्रदर्शन गरेका हुन्।

    भरतपुरस्थित कृषि कार्यालयअगाडि भेला भएका समर्थकहरूले "रवि लामिछानेलाई रिहा गर", "राजनीतिक प्रतिशोध बन्द गर", "रविलाई न्याय दे" जस्ता नाराबाजी गरेका थिए। प्रदर्शनकारीहरू कार्यालय अगाडि बाटो अवरुद्ध गर्दै अघि बढ्न खोजेपछि प्रहरीले उनीहरूलाई रोक्न सामान्य बल प्रयोग गरेको थियो।

    लामिछानेविरुद्ध चितवन सहारा बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनको आरोपमा पीडितहरूले पूरक जाहेरी दिएका छन्। यस मुद्दामा लामिछानेसहित १० जना विरुद्ध अनुसन्धान भइरहेको छ।