१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

चितवनमा लामिछानेको दोस्रो दिनको बयान जारी

सहारा चितवन सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा रास्वपाका सभापति रवि लामिछानेको दोस्रो दिनको बयान जारी छ।



Rabi Lamichhane
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या ३५०
  • चितवन- सहारा चितवन सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको दोस्रो दिनको बयान जारी छ।

    सरकारी वकिलको कार्यालयमा जिल्ला न्यायाधिवक्ता शान्ति प्रसाद लुइँटेलको रोहबरमा लामिछानेको बयान लिने कार्य भइरहेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालका अनुसार आजै बयान सक्ने तयारी गरिएको छ।

    यसअघि मंगलबार बिहान लामिछानेलाई काठमाडौंबाट चितवन लगेर बयान लिन थालिएको थियो। तर, सोही दिन नसकिएपछि आज पुनः बयान लिइँदैछ। लामिछानेविरुद्ध सहारा चितवन सहकारी लिमिटेडको रकम हिनामिनाको आरोपमा मंसिर ५ गते पूरक जाहेरी दर्ता गरिएको थियो।

    लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए। त्यसपछि उनलाई कास्की, रुपन्देही हुँदै काठमाडौंमा बयान सकाएर मंगलबार चितवन लगिएको हो। यसअघि पूर्वडीआईजी छविलाल जोशी र रामबहादुर खनालको पनि चितवनमै बयान लिइएको थियो।