१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

राष्ट्रपति पौडेल केही दिन अस्पतालमै रहने

राष्ट्रपति रामचन्द्र पौडेल केही दिन अस्पतालमै रहने भएका छन्।



Ramchandra paudel
  • Sangeeta Gurung
  • २ बर्ष अघि
  • पाठक संख्या १५०
  • काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल केही दिन अस्पतालमै रहने भएका छन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा बुधबार प्रोस्टेटसम्बन्धी शल्यक्रिया गरेपछि उनी स्वास्थ्यलाभका लागि अस्पतालमै रहने छन्।

    कार्यकारी निर्देशक प्रा.डा. घनश्याम गुरुङका अनुसार शल्यक्रिया सफल भई राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य रहेको छ। राष्ट्रपति पौडेलको स्वास्थ्यलाभका लागि चिकित्सकहरूको टोलीले निरन्तर निगरानी गरिरहेको जनाएको छ।

    राष्ट्रपति कार्यालयले पनि उनको स्वास्थ्य स्थिति सामान्य रहेको जानकारी दिँदै केही दिन अस्पतालमै आराम गर्ने बताएको छ।