१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

प्रधानमन्त्री ओलीले १८ महिना पछि सत्ता देउवालाई हस्तान्तरण गर्ने घोषणा

प्रधानमन्त्री केपी शर्मा ओलीले १८ महिना सरकार चलाएपछि सत्ता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने घोषणा गरेका छन्।



KP Oli
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या १५४
  • काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले १८ महिना सरकार चलाएपछि सत्ता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने घोषणा गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज चीन भ्रमणबाट फर्किएपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।

    प्रधानमन्त्री ओलीका अनुसार डेढ वर्षपछि देउवाले सरकार चलाउने र २०८४ सालको आम निर्वाचन पनि उनैले गराउने सहमति भएको छ। "मैले १८ महिना सरकार चलाएपछि देउवाजीलाई सत्ता हस्तान्तरण गर्छु, उहाँले डेढ वर्ष चलाउनुहुन्छ र चुनाव गराउनुहुन्छ," ओलीले भने।

    उनले चुनावसम्मको मात्र सहमति भएको स्पष्ट पार्दै चुनावमा बहुमत ल्याउने प्रयास गरिने र बहुमत नआए अन्य विकल्पमा जाने बताएका छन्। "हामी हरेकले बहुमत ल्याउने कोशिश गरौंला। बहुमत आयो भने बहुमतको सरकार बन्ला, आएन भने अरू विकल्प अपनाइनेछ," प्रधानमन्त्री ओलीको भनाइ छ।

    ओलीको यो घोषणाले आगामी राजनीतिक परिदृश्यमा नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ।