२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

आमासहित दुई सन्तानको शंकास्पद मृत्यु

नुवाकोटको किस्पाङ गाउँपालिका–१ भाल्चेमा आमासहित दुई सन्तानको शंकास्पद मृत्यु भएको छ।



Dead
  • Sangeeta Gurung
  • १० महिना अघि
  • पाठक संख्या १०७
  • नुवाकोटको किस्पाङ गाउँपालिका–१ भाल्चेमा २३ वर्षीय चन्दीमाया तामाङ र उनका दुई छोराहरू, ५ वर्षीय रोशन र ३ वर्षीय रोमन, घरभित्र झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।

    आज बिहान ९ बजे फेला परेको यो घटनाको अनुसन्धानका लागि एसपी शान्तिराज कोइरालाको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ। डिएसपी तिलक भारतीले यो घटना शंकास्पद र गम्भीर भएको भन्दै विस्तृत अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

    स्थानीयका अनुसार चन्दीमायाका श्रीमान् रेस घले बिहान बारीमा काम गरिरहेका बेला यो घटना भएको हो। घटना हुनुअघि दम्पतीबीच सामान्य भनाभन भएको बताइएको छ।

    तीनै जना एउटै कोठामा छुट्टाछुट्टै झुण्डिएको अवस्थामा भेटिएको छ। घटनाको कारण यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ।