१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

पुष्पा २ : द रुल’ नेपाली बक्स अफिसमा ब्लकबस्टर, पहिलो तीन दिनमै ८.५ करोड ग्रस कमाइ

अल्लु अर्जुन स्टारर दक्षिण भारतीय फिल्म ‘पुष्पा २ : द रुल’ ले नेपाली बक्स अफिसमा पहिलो सप्ताहन्तमै शानदार प्रदर्शन गर्दै ब्लकबस्टर कमाइ गरेको छ।



Puspa 2
  • Sangeeta Gurung
  • २ बर्ष अघि
  • पाठक संख्या २००
  • काठमाडौं - अल्लु अर्जुन स्टारर दक्षिण भारतीय फिल्म ‘पुष्पा २ : द रुल’ ले नेपाली बक्स अफिसमा पहिलो सप्ताहन्तमै शानदार प्रदर्शन गर्दै ब्लकबस्टर कमाइ गरेको छ।

    बिहीबारबाट प्रदर्शनमा आएको फिल्मले शनिबार दिउँसो १२ बजेसम्म देशभरका हलहरूबाट ७ करोड ८५ लाख रुपैयाँ ग्रस कमाएको छ। त्यसपछि रात्रीकालीन शोहरूको कमाइ समेत जोड्दा तीन दिनमा फिल्मको कुल ग्रस कलेक्सन ८ करोड ५० लाख रुपैयाँ पुगेको स्रोतले जनाएको छ।

    ‘यो ब्लकबस्टर कमाइ हो, तर लगानी उठाउन फिल्मले अर्को हप्ता पनि यस्तै उछाल देखाउनुपर्छ,’ स्रोतले भन्यो।

    नेपालमा तीन वितरकले फिल्मलाई करिब ७ करोड रुपैयाँमा ल्याएका हुन्। त्यसैले, फिल्मले आफ्नो लगानी सुरक्षित गर्न कम्तीमा २२ करोड रुपैयाँ ग्रस कमाइ गर्नुपर्नेछ।

    यसअघि, कुनै पनि फिल्म नेपालमा यति महँगो मूल्यमा भित्रिएको थिएन। सुकुमार निर्देशित यो फिल्म बिहीबारदेखि नेपालका हलहरूमा प्रदर्शन भइरहेको छ। यदि थ्रीडी संस्करण पनि नेपालमा रिलिज भएको भए, ग्रस कमाइ अझै बढ्ने सम्भावना थियो।

    फिल्ममा अल्लु अर्जुन, रश्मिका मन्दाना लगायतका कलाकारहरूको उत्कृष्ट अभिनय छ। यसले भारत र अन्तर्राष्ट्रिय बजारमा पनि उच्च ओपनिङ गर्दै भारतीय फिल्महरूको नयाँ कीर्तिमान स्थापित गरेको छ।

    नेपालका हलहरूमा दर्शकहरूको उत्साहजनक उपस्थिति र उत्कृष्ट व्यापारले यो फिल्मलाई लामो समयसम्म कमाइ गर्ने सम्भावना बलियो बनाएको छ।