२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रुख काट्ने क्रममा हाँगा खसेर लाग्दा एक जनाको मृत्यु

इलामको देउमाई नगरपालिका जीतपुर सुँगुरेडाँडाका तुलसी जवेगूको रुख काट्ने क्रममा हाँगा खसेर लाग्दा मृत्यु भएको छ।



Dead
  • अञ्जना ढकाल
  • १० महिना अघि
  • पाठक संख्या ११६
  • इलाम- इलामको देउमाई नगरपालिका जीतपुर सुँगुरेडाँडाका ४९ वर्षीय तुलसी जवेगूको रुख काट्ने क्रममा हाँगा खसेर लाग्दा मृत्यु भएको छ।

    प्रहरीका अनुसार, जवेगूलाई हाँगा लागेपछि तत्काल उद्धार गरी उपचारका लागि झापास्थित बी एण्ड सी अस्पताल लगिएको थियो। तर, उपचारको क्रममा जवेगूको मृत्यु भएको हो।

    उनको शव हाल बी एण्ड सी अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक सञ्जीव बोगटीले जानकारी दिएका छन्।