दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुन, रश्मिका मन्डन्ना र फहद फासिल अभिनित फिल्म ‘पुष्पा २: द रुल’ ले प्रदर्शनको चौथो दिनसम्म पनि शानदार कमाई कायम राखेको छ।
फिल्मले पहिलो दिन १६४ करोड २५ लाख भारु कमाएको थियो भने चौथो दिनमा १४१ करोड ५० लाख भारु कमाई गरेको छ। चार दिनमै फिल्मले भारतमा मात्रै ५२९ करोड ४५ लाख भारुको व्यापार गरेको छ। तेलुगु भाषामा बनेको यस फिल्मले हिन्दी संस्करणमा उत्कृष्ट प्रतिक्रिया पाउँदै ८५ करोड भारुको कमाई गरेको छ।
स्रोतका अनुसार फिल्मले चौथो दिन हिन्दीमा ८५ करोड, तेलुगुमा ४४ करोड, तमिलमा ९.५ करोड, मलायालममा १.९ करोड र कन्नडमा १.१ करोड भारुको व्यापार गरेको छ। ग्लोबल बक्स अफिसमा चार दिनमै फिल्मको कुल कमाई ७ सय करोड भारु पुगेको छ।
‘पुष्पा २’ भारतकै सबैभन्दा ठूलो विकेन्ड ओपनर फिल्म बनेको छ। फिल्मको कुल बजेट ४ सय करोड भारु रहेको छ। मुख्य अभिनेता अल्लु अर्जुनले मात्र ३०० करोड भारुको पारिश्रमिक लिएको बताइन्छ।
चार दिनमै निर्माताले फिल्मको बजेट र अल्लु अर्जुनको पारिश्रमिक उठाइसकेको छन्। यसरी, ‘पुष्पा २’ छिट्टै एक हजार करोड क्लबमा पुग्ने अनुमान गरिएको छ।
प्रतिक्रिया दिनुहोस