९ पुष २०८१ मंगलबार | 24 Dec 2024 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

ठमेलको छाया सेन्टरको विवादमा सर्वोच्चको अन्तिम फैसला नजिक

ठमेलस्थित कमलपोखरी छायादेवी कम्प्लेक्स (छाया सेन्टर) मा सरकारी जग्गा अतिक्रमण भएको दाबीका साथ दायर मुद्दामा सर्वोच्च अदालतले फैसला सुनाउने तयारी गरेको छ।



Court
  • अञ्जना ढकाल
  • २ हप्ता अघि
  • पाठक संख्या ६३
  • काठमाडौँ– ठमेलस्थित कमलपोखरी छायादेवी कम्प्लेक्स (छाया सेन्टर) मा सरकारी जग्गा अतिक्रमण भएको दाबीका साथ दायर मुद्दामा सर्वोच्च अदालतले फैसला सुनाउने तयारी गरेको छ।

    न्यायाधीश शारङ्गा सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले यस मुद्दामा बहस सकिएको र अब चाँडै निर्णय आउने जानकारी दिएको हो। सर्वोच्चले १० वर्षदेखि विचाराधीन यो विवादमा सबै रिट एकैसाथ राखेर सुनुवाइ गरिरहेको छ।

    २०७१ सालदेखि विवादित ठमेलको उक्त क्षेत्रको १५ रोपनीमध्ये १२ रोपनी जमीन गुठीको रहेको दाबी गरिएको छ। अधिवक्ता दीपकविक्रम मिश्रद्वारा पहिलो रिट दर्ता भएपछि यो मुद्दा सतहमा आएको हो। त्यसपछि थप रिटहरू दायर भई मुद्दा पेचिलो बन्यो।

    गुठी संस्थानका तर्फबाट भागवतनरसिंह प्रधानले यो जग्गा गुठीयारको भएकाले व्यावसायिक भवन निर्माण गैरकानुनी भएको तर्क गरेका छन्। यता, सपिङ कम्प्लेक्स बनाउने सुरेशाय हाउजिङ कम्पनीले भने भवन निर्माण कानुनी प्रक्रियामा नै गरेको दाबी गरेको छ।

    सरकारी पक्षले यदि भवन सार्वजनिक जग्गामा बनेको प्रमाणित भएमा उचित क्षतिपूर्ति दिएर सरकारी प्रयोगमा ल्याउन सकिने तर्क गरेको छ। तर, विपक्षी पक्षले उक्त भवन निर्माणका बेला कुनै विवाद नभएको र अहिले आएर मुद्दा दर्ता गर्नु नागरिकको सम्पत्ति हनन हुने दाबी गरेको छ।

    यदि सर्वोच्चले उक्त जग्गा सार्वजनिक भएको ठहर गरेमा भवन भत्काउने वा सरकारी प्रयोगमा ल्याउने निर्णय हुनसक्नेछ। तर, अन्तिम फैसला नआउँदासम्म यो मुद्दा पेचिलो नै रहने देखिन्छ।

    सर्वोच्चले चाँडै नै यो विषयमा अन्तिम फैसला सुनाउने तयारी गरिरहेको छ।