१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

लुम्बिनी लायन्सको पहिलो जित, रोहितको अलराउण्ड प्रदर्शन

रोहित पौडेलको उत्कृष्ट अलराउण्ड प्रदर्शनमा लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ।



NPL
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या ४०२
  • काठमाडौं - कप्तान रोहित पौडेलको उत्कृष्ट अलराउण्ड प्रदर्शनमा लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ।

    कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले चितवन राइनोजलाई ३३ रनले पराजित गरेको हो। पहिले ब्याटिङ गर्दै लुम्बिनीले ६ विकेट गुमाएर १६७ रन बनायो। कप्तान रोहितले ५७ बलमा ८० रन बनाए भने साद विन जफरले ५२ रनको योगदान दिए।

    १६८ रनको लक्ष्य पछ्याएको चितवनले २० ओभरमा ८ विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो। रोहितले बलिङमा पनि ४ ओभरमा १७ रन खर्चेर ४ विकेट लिंदै उत्कृष्ट प्रदर्शन गरे।

    चितवनका लुक बेन्केनस्टाइनले ३१ रन बनाए भने कप्तान कुशल मल्लले २० रन जोड्न सके। लुम्बिनीका बलर रामोन सिमोण्ड्सले पनि २ विकेट लिए।

    यो जितसँगै लुम्बिनीले एनपीएलमा आफ्नो अंक खाता खोल्न सफल भएको छ।