१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रवि लामिछानेप्रति सरकारको अमानवीय व्यवहारप्रति सांसद शर्माको आपत्ति

नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले पूर्वगृहमन्त्री लामिछानेमाथि सरकारले अमानवीय र अन्यायपूर्ण व्यवहार गरिरहेको आरोप लगाएका छन्।



Dr. Sunil Sharma
  • Sangeeta Gurung
  • २ बर्ष अघि
  • पाठक संख्या १२२
  • काठमाडौं – नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले पूर्वगृहमन्त्री रवि लामिछानेमाथि सरकारले अमानवीय र अन्यायपूर्ण व्यवहार गरिरहेको आरोप लगाएका छन्।

    मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सांसद शर्माले प्रधानमन्त्री र गृहमन्त्रीलाई लामिछानेको मुद्दा तीन दिनभित्र अदालतमा दर्ता गराउन माग गरेका छन्।

    उनले कानूनी राज्यको परिपालना गर्नु राष्ट्रिय स्वतन्त्र पार्टीको पनि दायित्व भएको उल्लेख गर्दै अदालतको निर्णय स्वीकार गर्नुपर्ने बताएका छन्। शर्माले भने, “गिरफ्तार गरेर अनुसन्धान गर्नु सरकार, प्रहरी र कानूनको दायरामा पर्ने विषय हो, तर प्रक्रियामा रहेका व्यक्तिलाई यसरी अमानवीय व्यवहार गर्नु स्वीकार्य छैन।”

    सांसद शर्माले सरकारले लामिछानेलाई नियतवस मानसिक रूपमा कमजोर बनाउन विभिन्न ठाउँमा पुर्‍याउने काम गरेको आरोप लगाए। उनले १० दिनभित्र अदालतमा लैजानुपर्ने कानूनी प्रावधान भए पनि लामिछानेलाई थुनामा राखेर अन्यायपूर्ण ढङ्गले अपमानित गरिएको बताए।

    “नेपाली कांग्रेसको गृहमन्त्री हुँदा न्यायिक निरुपणको विषयमा प्रक्रियागत पालना गरिन्थ्यो। तर, अहिले लामिछानेलाई नियतवस मानसिक रूपमा कमजोर बनाउने र लोकलाई लाज हुनेगरी अन्यायपूर्ण व्यवहार गरिएको छ,” शर्माले भने।

    सांसद शर्माले सरकार र सुरक्षाकर्मीलाई कानूनी दायराभित्र रहन आग्रह गर्दै लामिछानेको मुद्दामा निष्पक्षता कायम गर्न अपील गरेका छन्।