२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

मोटरसाइकल दुर्घटनामा कमेडियन हिक्मत महराको निधन

मंगलबार राति कैलालीको गोदावरी नगरपालिका-४ भिमदत्त राजमार्गमा मोटरसाइकल दुर्घटनामा परि कमेडियन हिक्मत महराको मृत्यु भएको छ।



Hikmat Mahara
  • Sangeeta Gurung
  • १० महिना अघि
  • पाठक संख्या २७४
  • धनगढी- मंगलबार राति कैलालीको गोदावरी नगरपालिका-४ भिमदत्त राजमार्गमा मोटरसाइकल दुर्घटनामा परि कमेडियन हिक्मत महराको मृत्यु भएको छ।

    महराले चलाएको मोटरसाइकल सडकमा रोकिराखेको ट्रकसँग ठोक्किँदा गम्भीर घाइते भएका उनलाई सेती प्रादेशिक अस्पताल पुर्‍याइएको थियो, जहाँ उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

    ३० वर्षीय महरा ‘कमेडी च्याम्पियन सिजन २’ का उत्कृष्ट चारमा परेर चर्चित भएका थिए। उनले कञ्चनपुरको सिद्धबैजनाथ विद्यालयबाट प्लस टु र कृष्ण बैजनाथ क्याम्पसबाट बिएड गरेका थिए।