१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

ठमेलमा झगडापछि कुटपिट: ५ जना पक्राउ

झगडा गरी ज्यान मार्ने उद्देश्यले कुटपिट गरेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।



Culprits
  • Sangeeta Gurung
  • २ बर्ष अघि
  • पाठक संख्या २४९
  • काठमाडौं – ठमेलस्थित कर्म क्लब नजिक झगडा गरी निरज बडूवाललाई कुटपिट गरेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

    कात्तिक १६ गते द्यौसी खेल्ने क्रममा भेट भएका युवाहरूले बडूवालमाथि रड र नक प्रयोग गरी आक्रमण गरेका थिए।

    पक्राउ पर्नेहरूमा सङ्खुवासभाका लाक्पा शेर्पा, नुवाकोट तादीका रञ्जित तामाङ, तनहुँका कृष्पिन थापा उर्फ कृष्णवीर मगर, काभ्रेको रोशीका सोनु लामा र राधा लामा रहेका छन्।

    उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईका अनुसार उनीहरूले ज्यान मार्ने उद्देश्यले बडूवाललाई कुटपिट गरेको आरोप छ।

    घटनासम्बन्धी जाहेरी प्रहरी वृत्त सोह्रखुट्टेमा दर्ता गरिएको छ। पक्राउ परेका सबैलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि सोह्रखुट्टे प्रहरी कार्यालयमा पठाइएको प्रहरीले जनाएको

    छ।