२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

गिरीबन्धु टी–स्टेटमा बम राख्ने दुई जना अभियुक्त झापा ल्याइए

चन्दा असुली र बम आतङ्क मच्चाएको आरोपमा पक्राउ परेका दुई जना लाई अनुसन्धानका लागि झापा लगिएको छ।



Aaropi
  • Sangeeta Gurung
  • १० महिना अघि
  • पाठक संख्या १४४
  • काठमाडौँ – चन्दा असुली र बम आतङ्क मच्चाएको आरोपमा पक्राउ परेका अमृत सापकोटा उर्फ ‘गौरव’ र दिलीप भट्टराई उर्फ ‘समर्पण’लाई अनुसन्धानका लागि झापा लगिएको छ।

    पर्सामा पक्राउ परेका सापकोटा (३६) गोरखाका स्थायी बासिन्दा हुन् भने भट्टराई (३५) खोटाङका हुन्। उनीहरूले भूमिगत रूपमा नेकपा (माओवादी) नामको पार्टी गठन गरी बम आतङ्क र चन्दा असुली गर्दै आएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

    झापा जिल्ला प्रहरी कार्यालयका डीएसपी कृष्ण चन्दका अनुसार २०८१ भदौ २८ मा झापाको बिर्तामोड नगरपालिका–६ स्थित गिरीबन्धु टी–स्टेटको कम्पाउन्डमा कुकर बम राखिएको थियो। उक्त घटनाको अनुसन्धानका लागि दुबै जनालाई झापा ल्याइएको छ।

    प्रहरीले उनीहरूमाथि थप अनुसन्धान गर्न ९ दिनको म्याद मिलान गरेको छ। यस प्रकरणमा अन्य संलग्नता पनि खुल्न सक्ने सम्भावना रहेको प्रहरीको भनाइ छ।