२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

राजन रावत नेपाल पत्रकार महासंघ हुम्लाको अध्यक्षमा निर्विरोध

नेपाल पत्रकार महासंघ हुम्लाको अध्यक्षमा राजन रावत निर्विरोध निर्वाचित भएका छन्।



Federation Of Nepal Journalists
  • Sangeeta Gurung
  • १० महिना अघि
  • पाठक संख्या १५८
  • हुम्ला: नेपाल पत्रकार महासंघ हुम्लाको अध्यक्षमा राजन रावत निर्विरोध निर्वाचित भएका छन्।

    शुक्रबार सम्पन्न निर्वाचनमा रावतको नेतृत्वमा १५ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित भएको हो।

    निर्वाचन समिति संयोजक राजबहादुर शाहीका अनुसार वरिष्ठ उपाध्यक्षमा सुरेश परियार, समावेशी उपाध्यक्षमा छपाल लामा, सचिवमा नन्द सिंह, खुल्ला सहसचिवमा पदमराज हमाल, समावेशी सहसचिवमा भक्तराज ऐडी, र कोषाध्यक्षमा मन्दिर सिंह सर्वसहमतिमा चयन भएका छन्।

    त्यसैगरी, जिल्ला कार्यसमितिमा आठ जना सदस्य निर्वाचित भएका छन्। केन्द्रीय प्रतिनिधिमा नवराज महतारा र नृप हमाल चयन भएका छन् भने प्रदेश परिषद् प्रतिनिधिमा मोतिलाल महतारालाई चयन गरिएको छ।