२३ असार २०८२ सोमबार | 07 Jul 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

कुवेतमा ७५ नेपालीद्वारा रक्तदान: मानवसेवामा उदाहरणीय योगदान

कुवेतस्थित सेन्ट्रल ब्लड बैंकमा सम्पन्न रक्तदान कार्यक्रममा ७५ नेपालीले अमूल्य रगत दान गरेका छन्।



Blood Donate
  • क्वालिटी खबर
  • ७ महिना अघि
  • पाठक संख्या १२४
  • कुवेत - नेपाल पत्रकार महासंघ कुवेत शाखाको आयोजना र अल मुजैनी एक्सचेन्जको प्रायोजनमा कुवेतस्थित सेन्ट्रल ब्लड बैंकमा सम्पन्न रक्तदान कार्यक्रममा ७५ नेपालीले अमूल्य रगत दान गरेका छन्।

    उक्त कार्यक्रम कुवेतस्थित विभिन्न कम्पनीमा कार्यरत श्रमिक, व्यवसायी, पत्रकार, सामाजिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको स्वस्फूर्त सहभागितामा सम्पन्न भएको हो। स्वास्थ्य परीक्षणमा पास हुन नसकेका केही नेपालीहरू भने रक्तदान गर्न नपाई फर्कनु परेको आयोजकले जनाएको छ।

    पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष राजमल्ल ठकुरीका अनुसार यो रक्तदान कार्यक्रम महासंघद्वारा आयोजित सामाजिक तथा सचेतनामूलक कार्यक्रमहरूको दोस्रो प्रयास हो। “रक्तदानजस्तो पवित्र मानवसेवामा नेपाली समुदायको उत्साहजनक सहभागिता देखेर हामीलाई यस्ता कार्यहरू निरन्तर गर्न थप आत्मविश्वास मिलेको छ,” अध्यक्ष ठकुरीले बताए।

    रक्तदान कार्यक्रम सफल बनाउन योगदान दिने अल मुजैनी एक्सचेन्ज, रक्तदाताहरूलाई पेय र पोषिलो खाना उपलब्ध गराउने एभरेष्ट नेपाली रेष्टुरेन्ट, मिडियाकर्मी, र अन्य सहयोगी संस्थाहरूलाई पत्रकार महासंघ कुवेत शाखाले धन्यवाद ज्ञापन गरेको छ।

    कार्यक्रमले नेपाली समुदायमा सेवा भाव र एकता थप प्रगाढ बनाएको आयोजकहरूले विश्वास व्यक्त गरेका छन्।