काठमाडौं, असार २२— काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ।
बिहीबार राजधानीमा सम्पन्न उक्त भेटमा मेयर शाह भण्डारीको निजी निवासमै पुगेका थिए। बालेन निकट स्रोतका अनुसार उनीहरूबीच समसामयिक राजनीतिक तथा सामाजिक विषयमा कुराकानी भएको थियो।
पूर्वराष्ट्रपति भण्डारीले हालै आफू एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन्। सोही सन्दर्भमा उनी र स्वतन्त्र बाटोबाट राजनीतिमा आएका मेयर शाहबीचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
हाललाई दुबै पक्षबाट भेटका विषयमा विस्तृत जानकारी सार्वजनिक गरिएको छैन। तर मुलुकको वर्तमान राजनीतिक परिस्थिति र स्थानीय तहको भूमिकालाई लिएर उनीहरूबीच गम्भीर छलफल भएको अनुमान गरिएको छ।
प्रतिक्रिया दिनुहोस