२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

मोटरसाइकलको ठक्करबाट भक्तपुरमा एक वृद्धको निधन

सूर्यबिनायक नगरपालिका–१० स्थित नलिन्चोकमा मोटरसाइकलको ठक्करले एक पैदलयात्रीको ज्यान गएको छ।



Accident
  • Sangeeta Gurung
  • १० महिना अघि
  • पाठक संख्या १११
  • भक्तपुर - सूर्यबिनायक नगरपालिका–१० स्थित नलिन्चोकमा मोटरसाइकलको ठक्करले एक पैदलयात्रीको ज्यान गएको छ।

    रामेछापको दोरम्बा गाउँपालिका–४ घर भई नलिन्चोकमा बस्दै आएका ७० वर्षीय निमबहादुर मगरको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले जानकारी दिएका छन्।

    ठक्कर दिने बा ४६ प ११२७ नम्बरको मोटरसाइकलका चालक काभ्रेको बनेपा नगरपालिका–६ निवासी ४४ वर्षीय जितेन्द्र श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जगातीबाट साँगातर्फ जाँदै गरेको मोटरसाइकलले पैदलयात्री मगरलाई ठक्कर दिएको थियो।

    प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।