२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

मनकामना केबलकार दुई दिन बन्द हुने

मनकामना केबलकार सेवा पुस १ र २ गते मर्मत सम्भारका लागि बन्द हुने भएको छ।



Manakamana Cable Car
  • Sangeeta Gurung
  • १० महिना अघि
  • पाठक संख्या १३०
  • मुग्लिन: मनकामना केबलकार सेवा पुस १ र २ गते मर्मत सम्भारका लागि बन्द हुने भएको छ।

    मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्वल शेरचनका अनुसार टावरको मर्मतका लागि दुई दिन सेवा स्थगन गरिनेछ।

    सेवा स्थगित भए पनि पुस ३ गते बुधबारदेखि केबलकार नियमित सञ्चालनमा आउने नायब प्रबन्धक शेरचनले जानकारी दिए। बन्द अवधिभर वटम स्टेशनस्थित रेस्टुरेन्ट सेवा भने नियमित रूपमा सञ्चालन हुने जनाइएको छ।

    धार्मिक तथा पर्यटन गन्तव्य मनकामना मन्दिर जाने यात्रुका लागि नेपालमा पहिलोपटक विसं २०५५ मङ्सिर ८ गतेदेखि केबलकार सेवा सञ्चालनमा आएको हो। यसको प्रवेशद्वार चितवनको इच्छकामना गाउँपालिका–४ स्थित चेरेसमा रहेको छ।