२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

लागु औषधसहित दुई भारतीय नागरिक पक्राउ

कञ्चनपुरमा लागू औषध खैरो हिरोइनसहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।



  • Sangeeta Gurung
  • १० महिना अघि
  • पाठक संख्या १६८
  • धनगढी — कञ्चनपुरमा लागू औषध खैरो हिरोइनसहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

    विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले बेलौरी नगरपालिका–६ को नकैयास्थित नेपाल–भारत सीमा क्षेत्रमा लागू औषधको कारोबार भइरहेको सूचना प्राप्त गरी भारतको पिलिभितका १९ वर्षीय राम सिंह र २३ वर्षीय धरमवीर सिंहलाई पक्राउ गरेको हो।

    प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहका अनुसार उनीहरूको साथबाट १०.४२ ग्राम खैरो हिरोइन बरामद गरिएको छ।

    दुवै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।