२३ असार २०८२ सोमबार | 07 Jul 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

दाङको च्याउ खोलामा मिनी बस दुर्घटना, दुईको मृत्यु

दाङको लमही नगरपालिका वडा नम्बर ९ मा भएको मिनी बस दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।



Mini Bus Accident
  • Sangeeta Gurung
  • ७ महिना अघि
  • पाठक संख्या १३७
  • दाङ - लमही नगरपालिका वडा नम्बर ९ मा भएको मिनी बस दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। लु १ ज ४२९८ नम्बरको विङ्गर मिनी बस लमही–कोहलपुर सडक खण्ड अन्तर्गत च्याउ खोलामा सोमबार बिहान ६ बजे दुर्घटना भएको हो।

    दुर्घटनामा कपिलवस्तुको शिवराज नगरपालिका–३ की ६० वर्षीया फुलसी थारु र ४२ वर्षीया तिर्थी थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख कविराज रोकायले जानकारी दिए। दुवैजनाको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ।

    कपिलवस्तुको चन्द्रौटाबाट बर्दिया जाँदै गरेको बस अनियन्त्रित भएर दुर्घटनामा परेको थियो।

    दुर्घटनामा घाइते हुनेहरूमा ४५ वर्षीय मिथिया थारु, ६५ वर्षीय तेहली थारु, ७७ वर्षीया दर्शनी थारु, ६० वर्षीया महंगी थारु, ४० वर्षीया सरीता थारु, ५५ वर्षीया रामपियारी थारु, ४७ वर्षीय रामचन्द्र थारु, ४५ वर्षीय बुद्धि चौधरी, ४५ वर्षीया फुलबजनी चौधरी, ३८ वर्षीय बुद्धराम थारु र ३६ वर्षीय सुरेश यादव रहेका छन्।

    घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइतेलाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको छ। घटनापछि चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।