२४ असार २०८२ मंगलबार | 08 Jul 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

मोटरसाइकल ट्रकसँग ठोक्किँदा चालकको मृत्यु

मोरङमा रोकिरहेको ट्रकमा मोटरसाइकल ठोक्किन पुग्दा एक जनाको मृत्यु भएको छ।



Accident
  • Sangeeta Gurung
  • ७ महिना अघि
  • पाठक संख्या ११५
  • मोरङ — मोरङको सुनबर्षी नगरपालिका–९ स्थित हुलाकी राजमार्गमा रोकिरहेको ट्रकमा मोटरसाइकल ठोक्किन पुग्दा एक जनाको मृत्यु भएको छ।

    सोमबार राति करिब साढे ८ बजे रंगेलीबाट डाइनियातर्फ जाँदै गरेको ना ३ ख ९९०४ नम्बरको ट्रक स्टार्ट बन्द भएर सुनबर्षी–९ भेरुवाथानमा रोकिएको ट्रकसँग रंगेलीबाट डाइनिया जाँदै गरेको मे ४ प १८२३ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो।

    दुर्घटनामा परेर मोरङ सुनबर्षी–९ बालुबारीका २५ वर्षीय मोटरसाइकल चालक स्वाचन ऋषिदेवको मृत्यु भएको प्रहरीले जनाएको छ। टाउकोमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि रंगेली अस्पताल लगिए पनि चिकित्सकले राति नै मृत घोषणा गरेका थिए।

    प्रहरीले ट्रक चालक मोरङ जहदा गाउँपालिका–४ रामचोक बस्ने २९ वर्षीय सुधिर महतोलाई नियन्त्रणमा लिएको छ।