१८ असार २०८३ बिहिबार | 02 Jul 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

भक्तपुरमा बुवाको चक्कु प्रहारबाट छोराको मृत्यु

भक्तपुरमा बुवाको चक्कु प्रहारबाट ३१ वर्षीय नरेन्द्रबहादुर शाहीको मृत्यु भएको छ।



Dead
  • Sangeeta Gurung
  • २ बर्ष अघि
  • पाठक संख्या २९२
  • भक्तपुर - भक्तपुरमा बुवाको चक्कु प्रहारबाट ३१ वर्षीय नरेन्द्रबहादुर शाहीको मृत्यु भएको छ।

    घरायसी विवादका क्रममा गएराति सवा १० बजे उनका बुवा ६३ वर्षीय दिपबहादुर शाहीले तरकारी काट्ने चक्कुले आक्रमण गरेका थिए। गम्भीर घाइते नरेन्द्रको भक्तपुर अस्पतालमा उपचारका क्रममा पौने ११ बजे मृत्यु भएको हो।

    घटनापछि दिपबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शव पोस्टमर्टमका लागि दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज लगिएको छ। घटनाबारे अनुसन्धान जारी छ।