१८ असार २०८३ बिहिबार | 02 Jul 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

हेलमेट नलगाई सवारी चलाएको भेटिएपछि सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई ५०० रुपैयाँ जरिबाना



  • अञ्जना ढकाल
  • २ घण्टा अघि
  • पाठक संख्या २५
  • कैलाली, असार १८ - ट्राफिक नियम उल्लंघन गरेको आरोपमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई ट्राफिक प्रहरीले ५०० रुपैयाँ जरिबाना गरेको छ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार मुख्यमन्त्री शाहले हेलमेट नलगाई मोटरसाइकल चलाएको भेटिएपछि प्रचलित कानुनअनुसार कारबाही गरिएको हो। ट्राफिक प्रहरी प्रमुख रेशम आचार्य नेतृत्वको टोली मुख्यमन्त्री निवासमै पुगेर जरिबाना बुझाएको जनाएको छ।

    ट्राफिक प्रहरीका अनुसार कानुन सबै नागरिकका लागि समान भएकाले नियम उल्लंघन गर्ने जोसुकै भए पनि कानुनी प्रक्रियाअनुसार कारबाही गरिने नीति अनुरूप मुख्यमन्त्री शाहलाई पनि जरिबाना गरिएको हो।