१८ असार २०८३ बिहिबार | 02 Jul 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

टुटेश्वर जंगलमा मृत फेला परेकी अनुको हत्या प्रेमीले गरेको खुलासा

टुटेश्वर जंगलमा असोज २३ गते मृत फेला परेकी २३ वर्षीया अनु रायको हत्या उनका प्रेमी मन्दिपकुमार यादवले गरेको खुलेको छ।



Aaropi
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या ४६९
  • जनकपुरधाम - महोत्तरीको बर्दिवास नगरपालिका-५ टुटेश्वर जंगलमा असोज २३ गते मृत फेला परेकी २३ वर्षीया अनु रायको हत्या उनका प्रेमी मन्दिपकुमार यादवले गरेको खुलेको छ।

    सर्लाहीका मन्दिपले विवाहको विषयमा विवाद हुँदा डोरीले अनुको घाँटी कसेर हत्या गरेको स्वीकार गरेका छन्। प्रहरीका अनुसार उनीहरू प्रेम सम्बन्धमा थिए।

    मन्दिपलाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरी महोत्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद थपेर अनुसन्धान जारी राखेको छ।