६ भदौ २०८२ शुक्रबार | 22 Aug 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

काठमाडौंमा अवैध रकमसहित चारजनाको गिरप्तारी

काठमाडौंमा स्रोत नखुलेको ६८ लाख रुपैयाँसहित चारजना पक्राउ परेका छन्।



  • Sangeeta Gurung
  • ८ महिना अघि
  • पाठक संख्या १८७
  • काठमाडौं — स्रोत नखुलेको ६८ लाख रुपैयाँसहित चारजना पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा काठमाडौंका राजकुमार माली (४६), एक १८ वर्षीय किशोर, प्रवेशकुमार पौडेल (३२), र झापाका युवराज सुवेदी (२७) रहेका छन्।

    जिल्ला प्रहरी परिसरका अनुसार मंगलबार राति प्रहरी वृत्त गौशलाको टोलीले उनीहरूलाई प्रदेश ३-०१-०२२ च १९७२ नम्बरको कारबाट पक्राउ गरेको हो। कारबाट ६८ लाख नगद, ५ थान चेक, र ५ थान मोबाइल बरामद गरिएको छ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।