१८ असार २०८३ बिहिबार | 02 Jul 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सुनचाँदी व्यापारमा जर्ती असुलीले उपभोक्ता र राज्य मारमा

जर्तीका कारण उपभोक्ता आर्थिक भारमा परेका छन् भने राज्यले राजस्व गुमाइरहेको छ।



Jewelleries
  • Sangeeta Gurung
  • २ बर्ष अघि
  • पाठक संख्या १९१
  • काठमाडौँ — केही व्यवसायीले सुनको गहना बिक्रीमा जर्ती असुल्न बन्द गर्ने घोषणा गरिरहेका बेला धेरैले भने यो परम्परालाई निरन्तरता दिइरहेका छन्। जर्ती असुलीका कारण उपभोक्ता आर्थिक भारमा परेका छन् भने राज्यले राजस्व गुमाइरहेको सरोकारवालाहरू बताउँछन्।

    रिद्धिसिद्धि ज्वेलर्सका सञ्चालक नरेन्द्र कुमार गुप्ताका अनुसार गहना बिक्रीमा पारदर्शी रूपमा ज्यालाको मात्र रकम लिनुपर्छ। उनले जर्तीको नाममा अपारदर्शी रूपमा रकम असुल्ने काम गलत भएको बताए।

    गुप्ताकै अगुवाइमा जर्ती असुलीविरुद्ध अभियान चलिरहेको छ। केही व्यवसायीले यो प्रणाली खारेज गर्ने घोषणा गरे पनि संघ–महासंघकै संरक्षणमा जर्ती असुली कायम रहेको अर्का व्यवसायीले आरोप लगाए।

    व्यवसायीहरूका अनुसार जर्तीको नाममा असुलिएको रकमबाट राज्यलाई कर तिर्ने प्रवृत्ति छैन। गुप्ताले जर्ती प्रणाली खारेज गर्न वैज्ञानिक कार्यविधि निर्माण गर्न राज्यलाई आग्रह गरेका छन्। राज्यले यसमा ध्यान नदिए उपभोक्ता ठगिनुपर्ने अवस्था रहिरहने उनको चेतावनी छ।