१८ असार २०८३ बिहिबार | 02 Jul 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

गृहमन्त्रीद्वारा सिद्धबाबा सुरुङमार्गको निरीक्षण

गृहमन्त्री रमेश लेखकले बुधबार निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको निरीक्षण गरेका छन्।



Ramesh Lekhak inspecting Siddhababa Tunnel
  • Sangeeta Gurung
  • २ बर्ष अघि
  • पाठक संख्या २४६
  • बुटवल — गृहमन्त्री रमेश लेखकले बुधबार निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको निरीक्षण गरेका छन्। उनले सुरुङमार्ग बनेपछि देशले सडक क्षेत्रमा सुरुङ युगमा प्रवेश गर्ने बताएका छन्।

    आयोजनाका अनुसार हालसम्म सुरुङमार्गको भौतिक प्रगति ३५.२५ प्रतिशत पुगेको छ। तीन बाइपासमध्ये दुईको निर्माण लगभग सम्पन्न भएको छ भने मुख्य टनेलको ९९७ मिटर खनिसकिएको छ। अब ९२ मिटर खन्न बाँकी रहेको सूचना अधिकारी इन्जिनियर सविता ज्ञवालीले जानकारी दिइन्।

    गृहमन्त्री लेखकले सुरुङमार्ग तोकिएको समयमै सम्पन्न गर्न निर्देशन दिएका छन्।