१८ असार २०८३ बिहिबार | 02 Jul 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

अर्नाको आक्रमणमा परेर सप्तरीमा किसानको मृत्यु

बुधबार खेतमा काम गरिरहेको बेला कोशी टप्पुबाट आएको अर्नाले मण्डलमाथि आक्रमण गरेको थियो।



Dead
  • Sangeeta Gurung
  • २ बर्ष अघि
  • पाठक संख्या २९६
  • सप्तरी- हनुमाननगर कंकालिनी नगरपालिका–९ का किसान शुभेलाल मण्डलको अर्नाको आक्रमणबाट मृत्यु भएको छ।

    बुधबार खेतमा काम गरिरहेको बेला कोशी टप्पुबाट आएको अर्नाले मण्डलमाथि आक्रमण गरेको थियो।

    गम्भीर घाइते भएका उनलाई स्थानीयले उपचारका लागि लगेको भए पनि उपचारकै क्रममा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।