१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाखमा हुने

नेपाल ग्रामीण चलचित्र महोत्सवको चौथो संस्करण आउँदो वैशाखमा हुने भएको छ।



  • Sangeeta Gurung
  • २ बर्ष अघि
  • पाठक संख्या २४२
  • नेपाल ग्रामीण चलचित्र महोत्सवको चौथो संस्करण आउँदो वैशाखमा हुने भएको छ। आयोजक सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले महोत्सवका लागि फिल्म दर्ता खुला गरिएको जानकारी दिए।

    'आफ्नै गाउँ, आफ्नै ठाउँ, आफ्नै भाषा, आफ्नै चलचित्र' भन्ने नाराका साथ आयोजना हुने महोत्सवमा डकुमेन्ट्री, सर्ट फिल्म, फिचर फिल्म र भाषाभाषी फिल्महरू प्रदर्शन गरिनेछ।

    नेपाली मौलिक ग्रामीण कथावस्तुमा बनेका फिल्महरूलाई प्रोत्साहन गर्ने उद्देश्यले सुरु भएको महोत्सवमा उत्कृष्ट फिल्मलाई अवार्ड प्रदान गरिनेछ। स्क्रिनिङसहित कार्यशाला र अन्तरक्रियात्मक कार्यक्रमहरू पनि गरिनेछ।

    पहिलो महोत्सव गोरखाको लाप्राक, दोस्रो काभ्रेको भकुण्डेबेसी र तेस्रो रामेछापमा सम्पन्न भएको थियो। चौथो संस्करणको स्थान भने अझै तय भइसकेको छैन।