काठमाडौँ - क्वालालम्पुरमा बिहीबार एसीसी यू–१९ महिला टी–२० एसिया कपको ‘सुपर–४’ चरणमा नेपाल र श्रीलंकाबीचको खेल लगातारको वर्षाले अनिर्णित रह्यो।
टस जितेर ब्याटिङ गरेको श्रीलंकाले पहिलो ओभरमा १ रन बनाउँदै कप्तान पूजा महतोको बलिङमा १ विकेट गुमाएको थियो।
वर्षाका कारण खेल रद्द हुँदा नेपाल र श्रीलंकाले समान १–१ अंक पाए। अंक तालिकामा भारत चार अंकसहित शीर्ष स्थानमा, नेपाल दोस्रो, बंगलादेश तेस्रो, र श्रीलंका चौथो स्थानमा छन्।
शुक्रबार नेपालले बंगलादेशसँग खेल्नेछ। ‘सुपर–४’ चरणको शीर्ष दुई टोलीले आइतबार फाइनल खेल्ने छ।
प्रतिक्रिया दिनुहोस