१८ असार २०८३ बिहिबार | 02 Jul 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

दलित अधिकार विधेयक संसदमा पेस गर्न निर्देशन

सिंहदरबारमा बसेको बैठकले हिउँदे अधिवेशन भित्र विधेयक संसदमा पेस गर्न निर्देशन दिएको हो।



  • Sangeeta Gurung
  • २ बर्ष अघि
  • पाठक संख्या २०२
  • काठमाडौँ – राष्ट्रिय सभा अन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिले दलित समुदायको अधिकार तथा विकास सम्बन्धी विधेयक संसद्मा पेस गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई गृहकार्य अघि बढाउन निर्देशन दिएको छ।

    बिहीबार सिंहदरबारमा बसेको बैठकले हिउँदे अधिवेशन भित्र विधेयक संसदमा पेस गर्न निर्देशन दिएको हो।

    समिति सभापति कमला पन्तले विधेयक निर्माणका लागि समितिले सरकारलाई आवश्यक सहयोग गर्ने बताइन्। उनले दलित समुदायको अधिकार सम्बन्धी ऐन निर्माणमा राजनीति हुन नहुने र प्रभावकारी कानुनी व्यवस्था आवश्यक रहेको धारणा राखिन्।

    बैठकमा दलित समुदायका अधिकार र विकाससँग सम्बन्धित संकल्प प्रस्ताव कार्यान्वयन अनुगमन उपसमितिबाट प्राप्त प्रतिवेदनमाथि छलफल गरिएको थियो। समितिले प्रतिवेदनलाई सुझाव सहित राष्ट्रिय सभामा छलफलका लागि पेस गर्ने निर्णय गरेको छ।