१८ असार २०८३ बिहिबार | 02 Jul 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

मुग्लिन–पोखरा सडक निर्माणको म्याद पुनः थप

मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड)को म्याद दोस्रो पटक थपिएको छ।



  • Sangeeta Gurung
  • २ बर्ष अघि
  • पाठक संख्या ३३८
  • तनहुँ — मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड)को म्याद दोस्रो पटक थपिएको छ। जामुनेदेखि पोखरासम्मको खण्डको निर्माण कार्य २०८२ पुस १६ सम्मका लागि थप गरिएको हो।

    २०७८ जेठमा सम्झौता भई २०७८ भदौदेखि सुरु भएको यो परियोजनाको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनलाई दिइएको हो। २०८१ भदौ १२ सम्मको पहिलो म्यादभित्र अपेक्षित प्रगति नभएपछि १०१ दिन थप गरिएको थियो। हालसम्म सडकको ३४.९४ प्रतिशत काम सम्पन्न भएको छ।

    २३.९१ किमीमा पहिलो तहको कालोपत्र भइसकेको छ, जसमध्ये ५.४५ किमी दुईतर्फी र १८.४६ किमी एकतर्फी छन्। ११ मध्ये ५ पुल निर्माण सम्पन्न भएको छ।

    एसियाली विकास बैंकको ऋण सहयोगमा ७ अर्ब ४० करोडको लागतमा यो खण्ड चार लेनको बनाउने योजना छ। खानेपानी संरचना स्थानान्तरणको काम पनि प्रगति गर्दैछ।

    निर्माण कम्पनीले दोस्रो पटक थपिएको म्यादभित्र काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ।