१८ असार २०८३ बिहिबार | 02 Jul 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

भ्युटावर गएका कर्मचारी हराएको दुई महिना बित्यो

बेदकोट नगरपालिका–९ सुन्दरपुरका तारणीप्रसाद पन्त ५४ दिनदेखि हराएका छन्।



Tarani Prasad Pant
  • Sangeeta Gurung
  • २ बर्ष अघि
  • पाठक संख्या १९९
  • मनाङ — बेदकोट नगरपालिका–९ सुन्दरपुरका तारणीप्रसाद पन्त ५४ दिनदेखि हराएका छन्। नेपाल बैंक लिमिटेडको चौथो तहमा कार्यरत पन्त कात्तिक १० गतेबाट सम्पर्कविहीन भएका हुन्।

    पन्तले सहकर्मी अर्जुन खड्कासँग भ्युटावर निरीक्षणका लागि चामेबाट यात्रा गरेपछि एक्लै भ्युटावरको उकालो चढेका थिए। साँझ ४:४५ मा खड्कासँगको अन्तिम सम्पर्कपछि राति १०:४५ सम्म फोन उठाएनन्। पन्तको अन्तिम मोबाइल लोकेसन चामेमै देखिएको छ।

    पन्तका भाइ विष्णुदत्त पन्तले भन्नुभयो, “परिवारले प्रहरी, सशस्त्र प्रहरी, सेना, बैंक कर्मचारी र स्थानीय व्यापारीसँगै खोजतलास गरे पनि फेला पर्न सकेका छैनौं। अहिले पनि फर्कने आशा राखेका छौं।”

    पुलिसले ड्रोन क्यामेरा र हेलिकप्टरको सहयोगमा खोजतलास जारी राखेको छ। पन्तको अभावमा परिवारमा तनावको स्थिति रहेको छ। “दाजु फर्केर आउने विश्वासमा छौँ, हरेश खाएका छैनौँ,” विष्णुले बताए।

    पन्तको हराएको दिनदेखि १२ दिनसम्म प्रहरीले खोजी गरेको भएता पनि अझसम्म उहाँको अत्तोपत्तो छैन।