काठमाडौँ- सिंहदरबारमा आज मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। केहीबेर अघि सुरु भएको बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल र आवश्यक निर्णय गर्ने तयारी गरिएको छ।
बैठकमा अन्य महत्त्वपूर्ण विषयहरूसँगै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे उठेका प्रश्नमा पनि छलफल हुने बताइएको छ।
सरकारका नीति, योजना र सञ्चालनसम्बन्धी विभिन्न निर्णयका लागि मन्त्रिपरिषद् बैठकलाई महत्त्वपूर्ण मानिएको छ।
प्रतिक्रिया दिनुहोस