२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश

सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ।



Durga Prasai
  • Sangeeta Gurung
  • १० महिना अघि
  • पाठक संख्या १९४
  • काठमाडौं – सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ। व्यापारीलाई धम्क्याएको आरोपमा प्रहरी हिरासतमा रहेका प्रसाईंलाई शुक्रबार सर्वोच्चले साधारण तारेखमा रिहा गर्न आदेश गरेको हो।

    दोस्रो पटक दर्ता गरिएको बन्दी प्रत्यक्षीकरणको रिटका आधारमा सर्वोच्च अदालतले उनलाई अदालतमा हाजिर गराउन आदेश दिएको थियो। पेशीमा उपस्थित भएपछि उनले आफू साइबर अपराधमा धरौटीमा रिहा भए पनि प्रहरीले पुनः गिरफ्तार गरेर दुःख दिएको बताएका थिए।

    उनको निवेदन अनुसार सर्वोच्च अदालतले प्रसाईंको पक्षमा रिट जारी गर्दै रिहा गर्न निर्देशन दिएको हो।

    यसअघि, प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रम फैलाएको आरोपमा प्रहरीले प्रसाईंलाई पक्राउ गरेको थियो। सो मुद्दामा अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपनि व्यापारीलाई धम्क्याएको आरोपमा अर्को पक्राउ पुर्जी जारी गर्दै उनलाई पुनः गिरफ्तार गरिएको थियो।