६ भदौ २०८२ शुक्रबार | 22 Aug 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

हिउँदयाम लागेपनि अझै परेन हिउँ

हिउँदयाम लागेसँगै मनाङलगायतका हिमाली क्षेत्रमा अत्यधिक चिसो बढेपनि मनाङमा हिउँ भने अझै परेको छैन।



  • अञ्जना ढकाल
  • ८ महिना अघि
  • पाठक संख्या १२३
  • हिउँदयाम लागेसँगै मनाङलगायतका हिमाली क्षेत्रमा अत्यधिक चिसो बढ्दै गएको छ। तर अत्यधिक चिसो बढेपनि मनाङमा हिउँ भने अझै परेको छैन।

    समयमै हिउँ नपर्दा स्थानीय किसान र पशुपालकमा चिन्ता फैलिएको छ। मनाङमा बसोबास गर्ने बासिन्दाको अनुसार हिउँ नपर्दा सिँचाइको अभाव भएको र कृषि उत्पादन घट्ने डर रहेको छ।

    पर्यटन व्यवसायीका अनुसार, हिउँ नपर्दा सिँचाइमा समस्या परेको र खेतीमा परिवर्तनको आवश्यकता परेको छ। स्थानीयहरू भने हावापानीको परिवर्तनसँग अनुकूलन गर्न कठिनाइ महसुस गर्दैछन्।