२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

अमेरिकी भिसाको प्रलोभन देखाई नक्कली बुवा बनेर बहुविवाह गराएको आरोपमा पक्राऊ

पेशाले इन्जिनियर रहेका ऐरले विष्णुप्रसाद मालीको नक्कली बुवा बनेर कञ्चनपुरकी युवतीसँग बहुविवाह गराउन सहयोग गरेको आरोप लागेको छ।



Aaropi
  • अञ्जना ढकाल
  • १० महिना अघि
  • पाठक संख्या २२२
  • धनगढी, पौष ८ - अमेरिकी भिसाको प्रलोभनमा रहेर नक्कली बिहे गराएको आरोपमा डडेल्धुराका ४२ वर्षीय वीरबहादुर ऐर पक्राउ परेका छन्।

    पेशाले इन्जिनियर रहेका ऐरले विष्णुप्रसाद मालीको नक्कली बुवा बनेर कञ्चनपुरकी युवतीसँग बहुविवाह गराउन सहयोग गरेको आरोप लागेको छ। मालीले आफू इन्जिनियर भएको र आफूसँग अमेरिकी भिसा भएको भन्दै युवतीलाई झुक्याएर विवाह गरेका थिए।

    पहिले नै बिहे गरेको खुलासा भएपछि मालीविरुद्ध बहुविवाह मुद्दा चलाइएको छ। घटनामा मध्यस्थकर्ताको भूमिका खेलेका जनकबहादुर धामी र ऐरमाथि अनुसन्धान भइरहेको छ।