२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

कैलालीमा बोक्सीको आरोपमा महिलामाथी गाउँले मिलेर गम्भीर कुटपिट

कैलालीको भजनी नगरपालिकामा एक महिलालाई बोक्सीको आरोप लगाई गाउँलेहरूको समूहले मरणासन्न हुने गरी कुटपिट गरेका छन्।



Pidit
  • अञ्जना ढकाल
  • १० महिना अघि
  • पाठक संख्या १७६
  • कैलाली, पौष ९ - कैलालीको भजनी नगरपालिकामा एक महिलालाई बोक्सीको आरोप लगाई गाउँलेहरूको समूहले मरणासन्न हुने गरी कुटपिट गरेको घटना सार्वजनिक भएको छ।

    ३० वर्षीय महिलालाई गत पुस ४ गते दिउँसो उनकै घरबाट तानेर निर्घात कुटपिट गरिएको थियो। कुटपिटपछि अचेत अवस्थामा रहेकी उनलाई परिवारका सदस्यहरूले भजनी नगरपालिकास्थित स्वास्थ्य केन्द्र पुर्‍याए पनि थप उपचारका लागि धनगढीको नवजीवन अस्पतालमा रिफर गरिएको थियो।

    अस्पतालमा उपचाररत महिलाको अवस्था गम्भीर अस्पतालका चिकित्सकका अनुसार कुटपिटले महिलाको मांसपेशीमा गम्भीर असर परेको छ। उनलाई रगतमा इन्फेक्शन हुने जोखिम देखिएको र मुटुमा समेत असर पर्न सक्ने भएकाले सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार भइरहेको छ।

    गाउँको आदेशमा कुटपिट पीडितकी आमाका अनुसार गाउँकै भलमन्सा लालबहादुर चौधरी र गुरुबाको आदेशमा महिलामाथि आक्रमण भएको हो। यसअघि पुस १ गते राति पनि गाउँलेहरूले उनको घरमा पसेर कुटपिट गरेका थिए। उनकी आमाले भनिन्, "गाउँलेहरूले छोरीलाई ‘बोक्सी हुँ भनी स्वीकार गर’ भनेका थिए। छोरीले अस्वीकार गरेपछि लाठी र खुट्टाले निर्घात कुटपिट गरे।"

    पीडकको संरक्षणमा प्रहरी? घटनामा संलग्न छ जनाविरुद्ध किटानी जाहेरी दिइए पनि प्रहरीले चार जनालाई मात्र पक्राउ गरेको छ। पक्राउ पर्न बाँकी दुई जनालाई अझै नियन्त्रणमा लिन नसकेको इलाका प्रहरी कार्यालय भजनीका प्रमुख युवन चौधरीले बताए।

    मानव अधिकार समूहको माग अधिकारवादी संघसंस्थाहरूले दोषीलाई कडा कारबाही गर्न र पीडितको स्वास्थ्य उपचार तथा सामाजिक पुनर्स्थापनाका लागि राज्यले उचित कदम चाल्नुपर्ने माग गरेका छन्।

    बोक्सी आरोप सम्बन्धी कानुन (२०७२) अनुसार दोषीलाई पाँचदेखि आठ वर्षसम्म कैद र ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान रहेको छ।